काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, छाउनी शाखा डोजो क्लबको आयोजनामा पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिता चैत ११ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । पुरुष÷महिलामा ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
टिम प्रथमले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी, प्रशिक्षक र रेफ्रीलाई १ थान माउन्टेन बाइक प्रदान गरिने छ ।
किक बक्सिङको स्पर्धा प्रदर्शनी खेलका रुपमा मात्र समावेश गरिएको आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।