इलाम । प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिताको उपाधि प्रदेश १ को टिमले जितेको छ ।
सूर्योदय नगरपालिका–१० फिक्कलमा सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित प्रदेश १ ले उपाधि जितेको हो ।
३ स्वर्ण ५ रजत र ३ कास्य सहित आयोजक सूर्योदय नगरपालिका दोश्रो, ३ स्वर्ण, १ रजत र ३ कास्य सहित बागमतीको टिम तेश्रो बन्यो ।
सान्त्वना टिम बनेको कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगिताको वेष्ट फाइटर पुरुष तर्फ प्रदेश १ का सविन मगर र महिला तर्फ नित्सुङ राईले प्राप्त गरे ।
प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले सहभागिता जनाएका थिए ।
त्यसैगरी महिलातर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
विजेता तथा उपविजेताहरुलाई वरिष्ठ प्रशिक्षक एवं रेफ्री काउन्सिलका उपाध्यक्ष राम लामा, कार्यक्रमका अध्यक्ष योगनिधि भट्टराई, कराते प्रशिक्षक योगेश चाम्लिङ लगायतले प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।