विराटनगर । साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनल खेलमा श्रीलंकाविरुद्व नेपालले अग्रता दोब्बर बनाएको छ । सहिद रंगशालामा दोस्रो हाफको खेल जारी रहदाँ नेपालले २–० को अग्रता लिएको हो ।
खेलको ४२ औ मिनेटमा पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । डिबक्स भित्र अनमार्क रहेकी उनको प्रहारले सिधै पोस्टको जाली चुमेको थियो ।
नेपाल समुह एको विजेता र श्रीलंका समुह बीको उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका हुन् ।