काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भुटानविरुद्व नेपालले ३–० को अग्रता बनाएको छ । दोस्रो हाफको ५४ औ मिनेटमा नेपालकी निरु थापाले नेपालका लागि तेस्रो गोल गरेकी छिन् ।
अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले टच लाईनमा झारेको बललाई निरुले पोस्टको दिशा दिईन् ।
विराटनगरको सहिद रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले २–० को अग्रता बनाएको थियो ।
भुटानविरुद्व सुरुवातबाटै आक्रमक देखिएको नेपालले खेलको १३ औ मिनेटमा मन्जिलीकुमारी योञ्जनको गोलबाट अग्रता लिएको थियो । दायाँ भागबाट पहिलो बार च्यापेर मन्जिलीले उत्कृष्ट गोल गर्न सफल भईन् थिईन् ।
नेपालले लगत्तै दोस्रो गोल गर्न सफल भयो । खेलको १६ औ मिनेटमा सावित्राले भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै दोस्रो गोल गर्न सफल भईन् ।
समुह एमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसंग खेल्नेछ ।