काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मीले मछिन्द्रविरुद्वको खेलमा अग्रता लिएको छ । हलचोक मैदानमा पहिलो हाफको खेल सकिदाँ आर्मीले १–० को अग्रता बनाएको हो ।
टंक बस्नेतले खेलको २७ औ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका छन् ।
थ्री स्टारको हारको समिकरण र मछिन्द्रमाथिको जितले आर्मीलाई शीर्ष तीनमा राख्ने सम्भावना बाँकीनै छ । आर्मी २२ अंक सहित चौथो स्थानमा छ । मछिन्द्र ७ अंक सहित १३ औ स्थानमा छ ।
मछिन्द्र समेत आर्मीविरुद्व जित निकाल्दै ऋणात्मक अंकबाट मुक्त हुन चाहन्छ । आर्मीसंगको हारले मछिन्द्रले अर्को सिजन कम्तिमा एक अंक ऋण बोकेर लिगको सुरुवात गर्नुपर्नेछ ।