काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्वको खेलमा थ्री स्टारले अग्रता लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ थ्री स्टार १–० ले अगाडी छ ।
थ्री स्टारका लागि बुद्ध चेम्जोङले गोल गरेका छन् । खेलको २८ औ मिनेटमा रन्जन विष्टको पासलाई सदुपयोग गर्दै उनी गोल गर्न सफल भएका हुन् ।
संकटासंग पराजित हुँदै उपविजेता बन्न बञ्चित थ्री स्टारलाई शीर्ष तीनभित्र पर्न हिमालयन शेर्पालाई पराजित गर्नैपर्ने दबाब छ । हिमालयन शेर्पा समेत लिगको अन्तिम खेलमा थ्री स्टारलाई हराउँदै शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्न चाहन्छ ।
थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । शेर्पा १७ अंक सहित सातौ स्थानमा रहेको छ ।