काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एपीएफको हलचोक मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । तालिकाको पुछारमा रहेको मछिन्द्रलाई हराउँदै आर्मी शीर्ष तीनमा आफ्नो दाबेदारिता प्रस्तुत गर्न चाहन्छ । उपाधि होडबाट बाहिरिसकेपछि उसले शीर्ष तीनभित्र पर्ने लक्ष्य रहेको बताउँदै आएको थियो ।
थ्री स्टारको हारको समिकरण र मछिन्द्रमाथिको जितले आर्मीलाई शीर्ष तीनमा राख्ने सम्भावना बाँकीनै छ । आर्मी २२ अंक सहित चौथो स्थानमा छ । मछिन्द्र ७ अंक सहित १३ औ स्थानमा छ ।
मछिन्द्र समेत आर्मीविरुद्व जित निकाल्दै ऋणात्मक अंकबाट मुक्त हुन चाहन्छ । आर्मीसंगको हारले मछिन्द्रले अर्को सिजन कम्तिमा एक अंक ऋण बोकेर लिगको सुरुवात गर्नुपर्नेछ ।