काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अन्तिम चरणको खेलमा अहिले हिमालयन शेर्पा क्लब र रुस्लान थ्री स्टार क्लबबीच खेल भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
थ्री स्टार शीर्ष तीन भित्र पर्न संघर्षरत टिम हो । संकटासंग पराजित हुँदै उपविजेता बन्न बञ्चित थ्री स्टारलाई शीर्ष तीनभित्र पर्न हिमालयन शेर्पालाई पराजित गर्नैपर्ने दबाब छ । हिमालयन शेर्पा समेत लिगको अन्तिम खेलमा थ्री स्टारलाई हराउँदै शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्न चाहन्छ ।
थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । शेर्पा १७ अंक सहित सातौ स्थानमा रहेको छ ।