काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शनिबार) बाट अन्तिम चरणका खेलहरु सुरु हुदैछन् ।
एपीएफको हलचोक मैदानमा पहिलाे खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्दैछन्।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको च्यासलले अपेक्षा अनुसारको नजिता निकाल्न सकेन । घरेलु फुटबलका राम्रा खेलाडी अनुबन्धन गरेर पनि उसले शीर्ष ६ भित्र आफुलाई अटाउन सकेन ।
जावलाखेलको समेत यसपटकको प्रर्दशन बिर्सन लायक रह्यो । रेलिगेशन बिनाको लिग भएकाले क्लबहरुले खासै ठुलो पैसा खेलाडीमा खर्च गरेनन् । च्यासल १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । जावलाखेल १२ अंक सहित दशाैँ स्थानमा छ ।