काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।
एपीएफको घरेलु मैदानमा हलचोक मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
उपाधि होडबाट बाहिरिसकेका दुुवै टोलीको लक्ष्य अंक तालिकामा सुधार गर्नुहुनेछ । त्यसमा प्रतिष्ठाको लडाँई समेत जोडिएको छ । सोही कारण दुवै टोली जित निकाल्न सक्दो कोशिश गर्नेछन् । अघिल्लो खेलमा चोट बोकेका पुलिसका भोला सिलवाल आजको खेलमा उत्रने छैनन् ।
एपीएफ १७ अंक सहित सातौ स्थानमा रहदाँ पुलिस १८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।