काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) विभागीय डर्बीको खेल हुदैछ । लिगको १२ औ चरणको खेलमा दुुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् ।
खेल एपीएफको हलचोक मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
उपाधि होडबाट बाहिरिसकेका दुुवै टोलीको लक्ष्य अंक तालिकामा सुधार गर्नुहुनेछ । त्यसमा प्रतिष्ठाको लडाँई समेत जोडिएको छ । सोही कारण दुवै टोली जित निकाल्न सक्दो कोशिश गर्नेछन् । अघिल्लो खेलमा चोट बोकेका पुलिसका भोला सिलवाल आजको खेलमा उत्रने छैनन् ।
एपीएफ १७ अंक सहित सातौ स्थानमा रहदाँ पुलिस १८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
आजै हुने पहिलो खेलमा सरस्वती युुुुथ क्लब र च्यासल युुथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा टेक्निकल सेन्टरमा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नुुहुनेछ ।
सरस्वती १० अंक सहित तालिकाको दशौ स्थानमा छ । च्यासल १५ अंक सहित आठौँ स्थानमा रहेको छ ।