काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पल्सर सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका परिवर्तन गरेको छ । आगामी सोमबार बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुने भनिएको हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल प्राविधिक कारणले परिवर्तन गरिएको एन्फाले जनाएको छ ।
महासचिव ईन्द्रमान तुलाधरले परिवर्तन गरिएको खेल आगामी मंगलबार दिउँसो साँढे २ बजे हलचोक मैदानमा हुने बताएका छन् ।
यस्तै, एन्फाले लिगको १२ औ चरणको खेल तालिका सार्वजनीक गरेको छ ।
एन्फाद्वारा सार्वजनीक तालिका अनुसार साेमबार एनआरटी र मछिन्द्र, फ्रेन्ड्स र ब्रिगेड ब्वाईज तथा जावलाखेल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मंगलबार सरस्वती युथ क्लब र च्यासल, एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । बुधबार संकटा र थ्रीस्टार तथा हिमालयन शेर्पा र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।