काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफविरुद्व अग्रता बनाएको छ । एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ च्यासलले १–० को अग्रता बनाएको हो ।
सन्त बहादुर गुरुङले ३१ औ मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए । विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोल लाईनबाट क्लियर गरेका थिए । त्यही रिबाउण्ड बलमा सन्तले गोल गर्न सफल भए ।
४१ औ मिनेटमा एपीएफले पेनाल्टीमा गोल गर्न चुक्यो । एपीएफका हरि कार्कीलाई च्यासलका देबेन्द्र तामाङले फल गरेपछि प्राप्त पेनाल्टीमा एपीएफ गोल गर्न चुकेको हो । एपीएफका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बिफल पारे ।
खेलको सुरुवातबाटै च्यासललाई दबाबमा राखेपनि एपीएफले गोल गर्न सकेन । १७ औ मिनेटमा एपीएफका सुदिपले प्रहार गरेको फ्रिकिक क्रसबारको केही इन्च माथिबाट मात्र बाहिरिएको थियो ।
२५ औ मिनेटमा आशिष लामाले एकल प्रयासमा डिबक्स बाहिरबाट हानेको बल क्रस बारमा लागेर फर्किएको थियो ।
एपीएफ १६ अंक सहित तालिकाको छैटाै स्थानमा छ । आठौँ स्थानको च्यासलको १४ अंक छ ।