काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईजविरुद्व हिमालयन शेर्पाले अग्रता लिएको छ । दोस्रो हाफको खेल सुरु हुदाँ हिमालयनले २–० को अग्रता बनाएको छ । दोस्रो हाफको ९ मिनेट भित्र ब्रिगेडविरुद्व शेर्पाले २ गोल गर्न सफल भएको छ ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ४६ औ मिनेटमा बिदेशी खेलाडी गोहा प्याट्रीकले हिमालयनलाई सुरुवाती अग्रता दिलाए ।
५४ औ मिनेटमा बिशोन गुरुङले हानेको बल गोलकिपरको हातबाट फुस्किए गोल भयो । शेर्पा १४ अंक सहित तालिकाको आठौ स्थानमा र ब्रिगेड ६ अंक सहित १२ औ स्थानमा छ ।