काठमाडौं । भारतीय महिला लिग फुटबलमा नेपाली राष्ट्रिय महिला टिमकी प्रभावशाली मिडफिल्डर अनिता बस्नेतले ‘डेब्यु’ खेलमा गोल गरेकी छिन् ।
लिगको दोस्रो खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अनिताले लिगको डेब्यु खेलमै गोल गर्न सफल भएकी हुन् ।
नेपाली फरवार्ड सावित्रा भण्डारी चोट बोक्दै मैदान छाडेपछि अनिताले खेल्ने अवसर पाएकी थिईन् ।
उनले खेलको ७४ औ मिनेटमा गोल गर्दै सेथु फुटबल क्लबलाई ३–० को स्थितीमा पुर्याएकी थिईन् ।
उनी पहिलो खेलमा बैकल्पिक खेलाडीको रुपमा रहेपनि डेब्युको अवसर पाएकी थिईनन् ।
अर्की नेपाली खेलाडी सावित्राले समेत डेब्यु खेलमै ह्याट्रिक सहित चार गोल गरेकी थिईन् । उनले सेथुले खेलका दुवै खेलमा प्लेइङ सेटमा रहेर अवसर पाएकी थिईन् ।
उनी पहिलो खेलमा वुमन अफ दी म्याच समेत घोषित भएकी थिईन् ।