एजेन्सी । चेल्सी युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले चेक क्लब स्लाभिया प्रागलाई ४-३ गोल अन्तरले हराएको हो ।
लण्डन क्लब चेल्सी समग्रमा ५-३ को नतिजा सहित अन्तिम ४ मा पुगेको हो । चेल्सीले पहिलो लेगको खेलमा १-० को अग्रता लिएको थियो ।
घरेलु मैदानमा चेल्सीलाई पेड्रोले खेलको पाँचौ मिनेटमा अग्रता दिलाएका थिए । पाहुना टोलीका सिमोन डेलीले नवौ मिनेटमा आत्मघाति गोल गरेपछि चेल्सीले अग्रतालाई दोब्बर बनाउने मौका पाएको थियो ।
१७ औ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई ३-० को स्थितीमा पुर्याएका थिए ।
त्यसपछि चेक क्लबले लगातार तीन गाेल गर्दै खेलमा फर्कने काेशिश नगरेकाे हाइन । तर त्याे प्रयास सफल हुन सकेन ।
स्लाभियाका कप्तान थोेमस सोसेकले २५ औ मिनेटमा गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे । सेड्रि सेबिसिकले लगातार दुई गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने काेशिश गरे । ५१ औ मिनेटमा पहिलो गोल गरेका सेबसिकले ५४ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।
चेल्सीले सेमिफाईनलमा जर्मन क्लब फ्रान्कफर्टसंग खेल्नेछ । उसले सेमिफाईनलको पहिलो लेग जर्मन क्लबको घरेलु मैदानमा मे २ मा खेल्नेछ ।