काठमाडौं । क्यामरुनको दाउफिन्स फुटबल क्लबले तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै दाउफिन्सले सिजनको पाँचौ उपाधि हात पारेको हो ।
उपाधिसँगै दाउफिन्सले मोफसलका पाँचा प्रतियोगितामा आफ्नो नाम लेखाएको छ ।
उसले यसअघि मनकामना केबलकार पोखरा कप, बुढासुब्बा गोल्डकप, तिल्लोत्तमा गोल्डकप र माईभ्याली गोल्डकपको उपाधि जितेको थियो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
उपाधिसँगै दाउफिन्सले ६ लाख प्राप्त गर्याे । उपविजेता त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँमा चित्त बुझायो ।