काठमाडौँ। स्पोर्ट्स एकेडेमी साँगालाई पराजित गर्दै आरसी ३२ फुटबल एकेडेमी शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार सम्पन्न खेलमा आरसी ३२ ले साँगालाई २-० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै आरसी ३२ ले ७ खेलबाट १६ अंक जोड्यो। साँगा समान खेलबाट ९ अंकसहित छैटौँ स्थानमा छ।
आरसी ३२ को जितमा सुजन मगर र सञ्जय सुब्बाले गोल गरे।
खेलको १०औँ मिनेटमा सुजनले गोल गर्दै आरसी ३२ लाई शुरूआती अग्रता दिलाएका थिए। ६६औँ मिनेटमा सञ्जयले दोस्रो गोल गरे।