काठमाडौँ। शुरुआती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ।
ओल्ड ट्राफोर्डमा शनिबार राति सम्पन्न खेलमा युनाइटेडले पाहुना टोली बर्नलीसँग १-१ गोलको बराबरी खेलेको हो।
७९औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ८७औँ मिनेटमा जेकी आमडुनीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा सक्काए।
बराबरीसँगै छैटौँ स्थानमा रहेको युनाइटेडको ३४ खेलबाट ५४ अंक पुगेको छ। समान खेल खेलेको बर्नली २४ अंकसहित १९औँ स्थानमा छ।