काठमाडौँ। एट्लेटिको मड्रिडले स्पेनिस ला लिगमा एथलेटिक क्लबलाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा एट्लेटिको ३-१ गोल अन्तरले विजयी भएको हो। खेलको १५औँ मिनेटमा रोड्रिगो डि पाउलले गोल गर्दै घरेलु टोली एट्लेटिकोलाई शुरूआती अग्रता दिलाएका थिए।
४५औँ मिनेटमा निको विलियम्सले गोल गर्दै एथलेटिकलाई खेलमा फर्काए। उनले गोर्का गुरुजेताको पासमा गोल गरे। ५२औँ मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए।
५०औँ मिनेटमा उनलाई समाइमनले आत्मघाती गोल गरेपछि एट्लेटिको खेलमा ३-१ ले विजयी भयो।
जितसँगै चौथो स्थानमा रहेको एट्लेटिकोले ३३ खेलबाट ६४ अंक जोडेको छ। समान खेल खेलेको एथलेटिक ५८ अंकसहित पाँचौँ स्थानमा छ।