काठमाडौँ। सेभिल्लाले स्पेनिस ला लिगमा मल्लोर्कालाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा घरेलु टोली सेभिल्लाले मल्लोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको ६१औँ मिनेटमा सेभिल्लाका युसेफ एन नेसिरीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। उनले सुसोको पासमा गोल गरे।
७५औँ मिनेटमा इसहाक रोमेरोले युसेफको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा मल्लोर्काका अब्दोन प्राट्सले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए।
उनले सर्गी डार्डरको पासमा गोल गरेपनि त्यो प्रयाप्त हुन सकेन। जितसँगै १२औँ स्थानमा उक्लिएको सेभिल्लाको ३२ खेलबाट ३७ अंक रहेको छ।
पराजित मल्लोर्काको समान खेलबाट ३१ अंक रहेको छ।