काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा बागमती यूथ क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भू क्लबसँग बराबरीमा रोकिएको छ।
एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा स्वयम्भूसँग बागमती १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको ४१औँ मिनेटमा राज भुषालले गोल गर्दै बागमतीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ७६औँ मिनेटमा रञ्जन पुनले गोल गर्दै स्वयम्भूलाई खेलमा फर्काए।
बराबरीसँगै तेस्रो स्थानमा रहेको बागमतीले ४ खेलबाट ७ अंक जोडेको छ। स्वयम्भूको समान खेलबाट २ अंक रहेको छ।