काठमाडौँ। दोस्रो हाफको इन्ज्युरी समयको आठौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गरेसँगै उपाधि जितिसकेको बायर लेभरकुसेनले जर्मन बुन्डेसलिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
सिग्रल इडुना पार्कमा आइतबार राति सम्पन्न खेलमा लेभरकुसेन बोरुसिया डर्टमन्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
योसँगै ३० खेलको समाप्तिमा लेभरकुसेनले २५ जित र ५ बराबरीको नतिजा हात पारेको छ। लेभरकुसेनको ८० अंक रहेको छ। पाँचौँ स्थानमा रहेको डर्टमन्डको भने समान खेलबाट १६ जित, ९ हार र ५ बराबरीसँगै ५७ अंक रहेको छ।
खेलको ८१औँ मिनेटमा मार्सेल सबिट्जरको पासमा निकोलस फुलक्रगले गोल गर्दै डर्टमन्टलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफको इन्ज्युरी समयको आठौँ मिनेटमा जोसिप स्टानिसिकले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै लेभरकुसेनको अपराजित यात्रा कायमै राखे।