काठमाडौँ। एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन्।
वेम्बलीमा आइतबार राति सम्पन्न खेलमा कभेस्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि भिडन्तमा सिटीसँगको भेट पक्का गरेको हो।
निर्धारित समय र त्यसपछि थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले ३-३ गोलको बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो।
पेनाल्टी सुटआउटमा युनाइटेडमा डिषोगो डालोट, किश्चियन एरिक्सन, ब्रुनो फर्नान्डिस र रासमस होजलुन्डले गोल गरे। क्यासेमिरोले भने गोल गर्न सकेनन्।
कभेस्ट्रीका हाजी राइट र भिक्टर टोर्पले मात्रै गोल गरे। त्यसअघि खेलको २३औँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। उनले डियोगो डालोटको पासमा गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ब्रुनो फर्मान्डिसको पासमा ह्यारी मग्वायरले गोल गर्दै युनाइटेडकव अग्रता दोब्बर बनाए।
५८औँ मिनेटमा एलिस सिम्सले गोल गर्दै कभेस्ट्रीलाई ३-१ मा फर्काए। त्यसको ८ मिनेटपछि नै क्यालुम ओ हारेले गोल गर्दै कभेस्ट्रीलाई ३-२ को स्थितिमा ल्याए।
दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा हाजी राइटले पेनाल्टीमार्फत गोल गर्दै कभेस्ट्रीलाई पुनरागमन गराएका थिए।