काठमाडौँ। अल हिलाल एएफसी च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा अल ऐनसँग पराजित भएको छ।
हज्जा बिन जायद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा घरेलु टोली ऐनले हिलाललाई ४-२ गोल अन्तरले पाजित गरेको हो।
ऐनको जितमा सुफियान रहिमीले ह्याट्रिक गरे। यस्तै, काकुको नाममा १ गोल रह्यो। हिलालका माल्कम र अल डावसरीले १/१ गोल गरे।
सुफियानले खेलको छैटौँ, २६औँ र ३८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। यस्तै, काकुले ५६औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।
माल्कमले ४९ र डावसरीले ७८औँ मिनेटमा गोल गरेपनि हिलाललाई हारबाट जोगाउन सकेनन्।