काठमाडौँ। अपराजित रहँदै बायर लेभरकुसेनले जर्मन बुन्डेसिगाको उपाधि जितेको छ।
विगतमा ५ पटक दोस्रो स्थानमा चित्त बुझाएको लेभरकुसेनले आइतबार राति घरेलु मैदान बेएरेनामा सम्पन्न खेलमा वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गर्दै उपाधि जितेको हो।
लेभरकुसेनको जितमा फ्लोरियन विर्ट्जले खेलको ६८, ८३ र ९०औँ मिनेटमा गोल गरे। भिक्टर बोनिफेसले २५औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ग्राइन्ट साखाले ६०औँ मिनेटमा गोल गरे।
लेभरकुसेनले २९ मध्येको २५ खेलमा जित हात पारेको छ भने ४ खेल बराबरीसहित ७९ अंक जोडेको छ। यस सिजनका ५ खेलमात्र बाँकी रहेको अवस्थामा लेभरकुसेनले बायर्न म्युनिखलाई १६ अंकले पछाडि पारिसकेको छ।
४३ खेलमा अपराजित रहेको लेभरकुसेन अर्को दुई उपाधिको दौडमा पनि छ।