काठमाडौँ। औरेलियन टिचौमेनीको निर्णायक गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित हासिल गरेको छ।
शनिबार राति सम्पन्न खेलमा रियलले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा ४८औँ मिनेटमा टिचौमेनीले गरेको गोल नै निर्णायक रह्यो।
जितसँगै शीर्ष स्थानमा रहेको रियलले ३१ खेलबाट ७८ अंक जोडेको छ। पराजित मालोर्का समान खेलबाट ३१ अंकसहित १५औँ स्थानमा छ।