काठमाडौँ। नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारीसम्मिलित गुइगाम्प फ्रेन्च महिला डिभिजन वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग बराबरीमा रोकिएको छ।
शनिबार सम्पन्न खेलमा पीएसजीसँग गुइगाम्प ३-३ गोलको बराबरीमा रोकिएको हो। खेलको ३०औँ मिनेटमै तबिता चाविङ्गाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएकी थिइन्।
तर, त्यसको तीन मिनेटपछि नै एन्टोनी स्टारोवाले पेनाल्टीमा गोल गर्दै गुइगाम्पलाई खेलमा फर्काइन्। ५८औँ मिनेटमा मारि कातोतो पीएसजीलाई पुन: अग्रता दिलाइन्।
६७औँ मिनेटमा निना रिचर्डले गोल गर्दै गुइगाम्पलाई २-२ को बराबरीमा ल्याएकी थिइन्। ७५औँ मिनेटमा माइवेन रेनार्डले गोल गर्दै गुइगाम्पलाई ३-२ को अग्रता दिलाइन्। तर, ७८औँ मिनेटम स्यान्डी बाल्टिमोरले गोल गर्दै पीएसजीलाई हारबाट बचाइन्।
बराबरीसँगै दोस्रो स्थानमा रहेको पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ। समान खेलबाट १६ अंक रहेको गुइगाम्प १०औँ स्थानमा छ।