काठमाडौँ। रियल बेटिस स्पेनिस ला लिगमा सातौँ स्थानमा उक्लिएको छ।
बेनिटो विलामारिन स्टेडियमा शुक्रबार राति सम्पन्न खेलमा बेटिसले पाहुना टोली सेल्टा भिगोलाई २-१ गोलल अन्तरले पराजित गरेको हो।
घरेलु टोलीका लागि जुआन मिरान्डा र नबिल फेकिरले १/१ गोल गरे। सेल्टा भिगोका जोर्गन स्ट्रान्ड लार्सनले १ गोल फर्काए।
खेलको ५३औँ मिनेटमा जुआनले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए। उनले हेक्टर बेलेरिनको पासमा गोल गरे।
८३औँ मिनेटमा नबिलले गोल थपे। उनले इस्कोको पासमा गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रान्को सर्भीको पासमा लार्सनले गोल गरेपनि बेटिस २-१ ले विजयी भयो।
जितसँगै सातौँ स्थानमा उक्लिएको बेटिसले ३१ खेलबाट ४५ अंक जोडेको छ। समान खेलबाट २८ अंक रहेको सेल्टा भिगो १७औँ स्थानमा छ।