काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजनमा समाज कल्याण खेलकुद केन्द्र र रानीवन स्पोर्ट्स क्लब गोलरहित बराबरीमा रोकिएका छन्। एन्फा मुख्यालयमा शुक्रबार सम्पन्न पहिलो खेलमा समाज कल्याण र रानीवन गोलरहित बराबरीमा रोकिएका हुन्।
समाज कल्याणले पहिलो खेलमा मनोहरा युनाइटेड युवा क्लबलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। यता, रानीवन पहिलो खेलमा महावीर क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
योसँगै समाज कल्याणले दुई खेलबाट ४ अंक जोडेको छ। रानीवनको समान खेलबाट दुई अंक रहेको छ।