काठमाडौँ। समर बजार अगाडि अर्जेन्टिनी मिडफिल्डर पाउलो डिबालाको भविष्य अन्यौलमा छ। यद्यपि, उनी रोमाका प्रशिक्षक ड्यानिएल डे रोसीको प्रशिक्षणमा खेल्न पाउँदा आफू खुसी रहेको बताउँछन्।
युरोपा लिगमा एसी मिलानसँग खेलेपछि पत्रकारहरूसँग बोल्दै खेलाडीलाई क्लबमा राख्ने नराख्ने कुरा प्रशिक्षको हातमा नरहेको उनले बताए। यद्यपि, यसबारे क्लबसँग छलफल गर्नुपर्ने उनको भनाइ थियो।
'म डि रोसीसँग खेल्दा पाउँदा राम्रो महसुस गर्छु। मलाई राख्ने नराख्ने उहाँको निर्णयले हुँदैन। यद्यपि, उहाँसँग सधैँ खेल्न पाउँदा म खुसी हुनेछु। मेरो भविष्यको लागि मैले क्लबसँग कुरा गर्न आवश्यक छ,' उनले भने।
आफ्नो प्रशिक्षकमा राम्रो अनुभव रहेको उनल सुनाए। त्यसैले रोसी एक दिन मासिमिलियानो एलेग्री र जोसे मोरिन्होको स्तरमा पुग्ने सक्ने उनको दाबी थियो।
इटालियन क्लब युभेन्ट्सले सम्झौता नवीकरण नगरेपछि डिबाला गत वर्ष रोमामा अनुबन्ध भएका थिए। रोमासँग डिबालाले पाँच वर्षको सम्झौता गरेका छन्।
डिबाला सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स पुगेका थिए। २९ वर्षीय डिबालाले ६ वर्ष युभेन्ट्स बिताए। उनले युभेन्ट्सका लागि २९२ खेलमा ११५ गोल गरेका थिए।