चितवन। अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधिका लागि सुदूरपश्चिम र कोशी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा कर्णाली प्रदेशलाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले हराउँदै सुदूरपश्चिमले कोशीसँग उपाधि भिडन्त पक्का गरेको हो।
बिहीबार कर्णाली र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल पहिलो हाफ खेलेर स्थगित भएको खेल आज सम्पन्न भएको हो।
भरतपुर-१९ को बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा पहिलो हाफमा सुदूरपश्चिमले १-० गोलको अग्रता बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
आज भएको खेलमा कर्णाली प्रदेशका लागि खेलको ६७औँ मिनेटमा हिमा रावलले गोल गर्दै बराबरी खेल बराबरीमा ल्याइन्।
खेलको निर्धारित समय सकिँदासमेत खेल बराबरी भएपछि निर्णय पेनाल्टी शुटआउटमार्फत गरिएको थियो। जसमा सुदूरपश्चिमले बाजि मार्न सफल भयो।
सुदूरपश्चिम लागि अञ्जलि चन्द, गंगा रोकाया, अस्मिता चौधरिले गोल गर्न सफल रहे। बिर्सना चौधरीको प्रहार कर्णालीका गोलरक्षकले रोक्दा विनीता बोहराको प्रहार भने बाहिरिन पुग्यो।
यता, कर्णालीका लागि हिमा रावल र भूमिका बुढाथोकीले गोल गर्न सफल भइन् भने ललिता भाट र लीला जोशीको प्रहार भने बाहिरिन पुग्यो। त्यस्तै, तुलसा बोहराको प्रहार भने सुदूरपश्चिमकी गोलरक्षकले रोक्न सफल भइन्।
बुधबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई २-० गोल अन्तरले हराउँदै कोशी फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।ी प्रदेशबीच हुनेछ।