काठमाडौँ। लिभरपुल युरोपा लिगअन्तर्गत पहिलो लेगमा एटलान्टासँग पराजित भएको छ।
एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा लिभरपुल पाहुना टोली एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएको हो।
एटलान्टका जियानलुका स्कैमैकाले खेलको ३८ र ६०औँ मिनेटमा गोल गरेका थिए।
यस्तै, मारियो पासालिकले ८३औँ मिनेटमा गोल गर्दै एटलान्टलाई सहज जित दिलाए।