गोरखा। क्यासिस स्पोर्ट्स एकेडेमीले नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ।
ओसन क्लब गोरखाको आयोजनामा क्लबको टर्फ मैदान दल भन्ज्याङमा भइरहेकफो प्रतियोगितामा बिहीबार क्यासिसले विराटनगर सिटी फुटबल क्लबलाई ६-१ गोल अन्तरले पराजित गरको हो। क्यासिसका लागि रमित गुरुङले ३, प्रतीक कुँवरले २ र सन्दिप अधिकारीले १ गोल गरे। खेलको म्यान अफ दी म्याच भने विराटनगरका रोसिक साम्पाङ भए।
पुल बीमा रहेको क्यासिसले बुधबार थ्रीस्टार क्लबलाई ३–१ र नव जनजागृति युवा क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो। अन्य खेलमा नव जनजागृति युवा क्लबले हिली फिल्डर्स गोरखा एफसी र घोडाघोडी फुटबल एकेडेमीले समाज कल्याण खेलकुद केन्द्रलाई पराजित गर्यो।
यस्तै, लक्ष्मी सामुदायिक शिक्षा प्रतिष्ठानले समाज कल्याण खेलकुद केन्द्र, काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रले घोडाघोडी फुटबल एकेडेमी र वाल्मीकि शिक्षा सदनले काँकरभिट्टा फुटबल प्रशिक्षण केन्द्रलाई पराजित गर्यो।