काठमाडौँ। बागमती प्रदेश हेटौँडामा जारी अन्तरप्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंशालामा चौथो दिनको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेशबीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
त्यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। बागमती प्रदेशसँग पेनाल्टी सुटआउटमा ६ – ५ गोल अन्तरले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरियो ।
पेनाल्टीमा बागमती प्रदेशका सुरज विष्ट , बिशोव लामा , छिरिङ लामा, ललित चौलागाईं र प्रीतम स्याङ्बोले गोल गरे। उसका रोशन दोङ र समुएल सुनार पेनाल्टीमा चुके।
कर्णाली प्रदेशका अनीश परियार , किरण रावत ,अभिषेक बम,सोनम आचार्य र सुवास बमले गोल गरे। तर, रितेश श्रेष्ठ, हेमन्त गुरुङ र गद्नेश मगरले गोल गर्न सकेनन्। बागमती प्रदेशले कोशीसँग वैशाख २ गते फाइनल खेल खेल्नेछ।