पोखरा। डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडमले दोस्रो एबीसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। हेटौँडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटीले उपाधि हात पारेको हो।
उपाधिसँगै ढोलाहिटीले नगद १ लाख ५५ हजार ५५५, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता हेटौँडाले नगद ७७ हजार ७७७ मा चित्त बुझाउनु पर्यो। प्रतियोगितामा ढोलाहिटीका प्रकाश रानामगर म्यान अफ दी म्याच हुन सफल रहे। त्यस्तै, प्रतियोगितामा ढोलाहिटीकै तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट खेलाडी गलामीले नगद १० हजार र ट्रफी प्राप्त गरे।
फाइनल खेलमा ढोलाहिटीको तर्फबाट प्रकाश रानामगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरे भने हेटौँडाका शशी गौतम र सञ्जय रानामगरले १—१ गोल गरेका थिए।