काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा सानेपा क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्पेलेक्समा बिहीबार सम्पन्न खेलमा सानेपा सामाजिक युवा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको नवौँ मिनेटमा सम्भरत्न सिंह डंगोलले गोल गर्दै सानेपालाई शुरूआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्त्यतिर युगेश श्रेष्ठले गोल गर्दै सामाजिकलाई हारबाट जोगाए।
बराबरीसँगै सानेपा र सामाजिकले पहिलो अंक जोडेका छन्।