काठमाडौँ। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफूले आफ्ना लागि नभई क्लबका लागि ट्रफी जित्न चाहेको बताएका छन्।
युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेग खेल्न लिभरपुल इटाली पुगेको छ। त्यहाँ लिभरपुलले शुक्रबार एटलान्टासँग खेल्ने छ।
युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले स्पार्टा प्रागलाई समग्रमा ११–२ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो। एटलान्टाले भने स्पोर्टिङ सीपीमाथि ३–२ गोल अन्तरको जित हासिल गरेको थियो।
लिभरपुल ८ वर्ष अगाडि पनि युरोपा लिगको फाइनलमा पुगेको थियो। तर, उपाधि भिडन्तमा लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग ३–१ गोल अन्तरले पराजित भएको थियो।
क्लोपले उक्त रात आफू र आफ्ना लागि राम्रो नरहेको सुनाए। यद्यपि, त्यसपछि धेरै चिजहरू प्रारम्भिक चरणदेखि नै शुरू गरेको उनले बताए।
'ट्रफी जित्ने भन्ने कुरा मेरो व्यक्तिगत स्वार्थको लागि होइन, यो हाम्रो लागि हो। हामी आठ वर्ष पहिले बासेलमा थियौँ, तर प्रतियोगिताका सिरियल विजेतासँग हारेका थियौँ। त्यो राम्रो रात थिएन। त्यसपछि धरै चिजहरू शुरूआतदेखि नै शुरू गर्यौँ,' उनले भने।
एटलान्टाले आक्रामक फुटबल खेल्ने उनले बताए। त्यसैले दुवै टोलीबीचको खेल रोमाञ्चक हुने उनले बताए। यद्यपि, आफूले अहिले क्वार्टरफाइनललाई मात्रै फोकस गरेको बताए। त्यसैले फाइनल पुग्नेबारे केही नसोचेको उनले बताए।