हेटौडा । अन्तर प्रदेश राष्ट्रिय खेल्कुद २०८० पुरुष फुटबल प्रतियोगितामा सुरु भएको छ । प्रतियोगितामा कोशी प्रदेश र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको उद्घाटन खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो।
खेलमा कोशी प्रदेशका सुगम ओझा म्यान र बसन्त ओझाले १-१ गोल गरेका हुन । खेलमा उत्कृष्ट प्रर्दशन गरेका कोशी प्रदेशका ओझा म्यानलाई म्यान अफ द म्याच घोषित भएका छन् ।
यस्तै, दोस्रो खेलमा गण्डकी प्रदेशलाई सुदूरपश्चिम प्रदेशले पराजित गरेको छ ।
निर्धारित समयको खेल दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा सुदूरले गण्डकी प्रदेशलाई ३-१ गोल अन्तरले हराएको हो । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुदूरपश्चिम प्रदेशका गोलकिपर सन्दीप कडायत म्यान अफ द म्याच घोषित भए ।
बागमती प्रदेश खेलकुद विकास समितिको आयोजना एवं बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापनमा यो प्रतियोगिता भएको हो।
(सुदूरपश्चिमले गण्डकी प्रदेशलाई पराजित गरेको हुनुपर्नेमा अन्यथा भएकोमा भुल सुधार गरिएको छ ) - सम्पादक