सन्दकपुर। सुशील लिम्बु निर्णायक बनेपछि पाँचथर फुटबल क्लब इलाममा जारी चौथो संस्करणको सन्दकपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
पाँचथरको जितमा लिम्बुले एक मात्र गोल गरे। खेलको ६४औँ मिनेटमा उनले निर्णायक गोल गरेका थिए । निर्णायक बनेका लिम्बु प्लेयर अफ दी म्याच घोषित भए। उनले ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
जितसँगै पाँचथरले फाइनल प्रवेशका लागि डाँगीहाट फुटबल क्लब मोरङसँग प्रतिस्पर्धा गर्नेछ। डाँगीहाटले आयोजक देउराली स्पोर्टिङ क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा चैत्र २४ बाट सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।