काठमाडौँ। नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा ‘ए’ डिभिजनको थ्रीस्टार क्लबसहित १२ टोलीले सहभागिता जनाउने भएका छन्।
ओसन क्लब गोरखाको आयोजना बुधबारदेखि शुरू हुने प्रतियोगिताका खेल क्लबको टर्फ मैदान दल भन्ज्याङमा हुने छ।
बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक ओसनसहित थ्रीस्टार ललितपुर, नव जनजागृति युवा क्लब सिमरा, लक्ष्मी सामुदायिक शिक्षा सदन गोरखा, द ओल्ड क्यापिटल सेकेन्डरी स्कुल गोरखा, वालिङ युनाइटेड स्याङ्जा र समाज कल्याण खेलकुद केन्द्र काठमाडौँको सहभागिता रहने छ।
यस्तै, वाल्मीकि शिक्षा सदन चितवन, क्यासिस स्पोर्ट्स एकेडेमी चितवन, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, घोडाघोडी फुटबल एकेडेमी कैलाली, विराटनगर सिटी एफसी मोरङले पनि प्रतियोगितामा सहभागिता जनाउने भएका छन्।