काठमाडौँ। युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा फ्लोरेन्टिनामाथि संघर्षपूर्ण जित हासिल गरेको छ।
एलियान्ज स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली युभेन्ट्सले प्लोरेन्टालाई १–० गोल अन्तरले पराजित गरेको हो।
युभेन्ट्सको जितमा फेडेरिको गाटीले खेलको २१औँ मिनेटमा गरेको गोल नै निर्णायक रह्यो।
३२औँ मिनेटमा डुसान भ्लाहोभिकले गोल गरेपनि भीएआरलले मान्यता दिएको थिएन।
जितसँगै युभेन्ट्सले ३१ खेलबाट ६२ अंक जोडेको छ। युभेन्ट्स तेस्रो स्थानमा छ । पराजित फ्लोरेन्टिना ४३ अंकसहित दशौँ स्थानमा छ।