काठमाडौँ। लन्डन क्बल चेल्सीले इङ्लिस प्रिमियर लिगमा आफ्नो खराब प्रदर्शनलाई जारी राखेको छ।
ब्रामल लेन स्टेडियममा आइतबार सम्पन्न खेलमा चेल्सीले शुरूआती अग्रता लिएपनि जोगाउन नसक्दा घरेलु टोली तथा रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडसँग २–२ को बराबरीमा रोकिएको छ।
खेलको ११औँ मिनेटमा थिअगो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ३२औँ मिनेटमा जायदेन बोग्लेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
६६औं मिनेटमा नोनी माडुकेले गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए। तर, इन्जुरी समयको आठौँ मिनेटमा ओलिभर म्याकबुर्निइले गोल गर्दै खेल २–२ को बराबरीमा सक्काए।
बराबरीसँगै चेल्सीको ३० खेलबाट ४४ अंक रहेको छ। चेल्सी नवौँ स्थानमा छ। रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडको ३१ खेलबाट १६ अंक रहेको छ।