काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटनले काराबाओ कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
बुधबार राति भएको क्वाटरफाइनलमा सिटीलाई २-० गोल अन्तरले हराउँदै साउथह्याम्पटनले अन्तिम चारमा स्थान बनाएको हो ।
साउथ ह्याम्पटनको जितमा सेकोउ मारा र मोउसा जेनेपोले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
अर्को खेलमा नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।