काठमाडौं । आयोजक पिप्ले युवा समाजले प्रथम राप्ति फुटबल कपमा विजयी सुरुआत गरेको छ ।
राप्ती–१ वडा कार्यालय अगाडिको चौरमा भएको उद्घाटन खेलमा वसन्तपुर युनाइटेड माडीलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक पिप्लेले सुखद सुरुआत गरेको हो ।
पिप्लेको जितमा समी राज थोकरले दुई गोल गरे । सशील कुमार थापा र साबाले एक एक गोल गरे ।
वसन्तपुरका निराजन घिसिङले दुई गोल गरे ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।