काठमाडौं । वालिङ गोल्डकप फुटबल प्रतियोगिता पुसको अन्तिम साताबाट सुरु हुने भएको छ ।
वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता पुसको ३० देखि माघ ७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्ने छन् ।
उपविजेताले २ लाख ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही ७ हजार पाउने छन् ।