काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले मिडफिल्डर शिशिर लेखि र डिफेन्डर विशाल बस्नेतलाई अनुबन्ध गरेको छ ।
खुमलटारले बुधबार मिडफिल्डर लेखि र डिफेन्डर बस्नेतलाई अनुबन्धित गरिएको जनाएको छ ।
यस्तै खुमलटारले डिफेन्डर अविशेक चौलागाईलाई समेत अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले तीन खेलाडीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
पछिल्लो समय खुमलटारले खेलाडी अनुबन्धलाई तिब्रता दिएको छ ।