काठमाडौं । इन्टर मिलानले कोपा इटालियाको अन्तिम आठमा स्थान बनाएको छ ।
मंगलबार राति सिरी 'बी' क्लब पर्मालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इन्टरले अन्तिम आठको यात्रा तय गरेको हो ।
खेलको ३८ औं मिनेटमा स्टान्को जुरिचले गोल गर्दै पर्मालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ११० औं मिनेटमा फ्रान्सिस्को एसरबीले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।