काठमाडौं । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलमा चार्लटन एथ्लेटिकलाई ३-० गोल अन्तरले हराउँदै युनाईटेड अन्तिम चारमा पुगेको हो ।
युनाईटेडको जितमा मार्कस राषफोर्डले दुई गोल गरे । एन्टोनीले एक गोल गरे ।
खेलको २१ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ९० औं मिनेटमा राषफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा राषफोर्डले ब्यक्तिगर दोस्रो गोल गर्दै युनाईटेडको जित पक्का गरे ।
न्युकासल युनाईटेड पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्युकासलले क्वाटरफाइनलमा लेस्टर सिटीलाई २-० ले हराएको हो ।
न्युकासलको जितमा डान बर्न र जोइलिनटनले एक एक गोल गरे ।