काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले चार खेलाडीको सम्झौता नवीकरण गरेको छ ।
खुमलटारले डिफेन्डर आशिष श्रेष्ठ, डिफेन्डर आशिष सुनाम, दिवस छन्त्याल र अजित लामाको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
खुमलटार 'बी' लिगबाट शीर्ष डिभिजनमा बढुवा हुँदा उनीहरु टोलीमा रहेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले चार खेलाडीको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।